लेखक : दृश्य दिप्शाली मिति : 2015/05/30 म एकदमै भब्य समारोहको प्रमुख अतिथि थिए। स्टेज एकदमै भब्य तरिकाले नै सजाइएको थियो। मान्छेहरुको बाक्लै उपस्तिथी थियो भने देशका ठुला मान्छे हरु देखि साना तिना भारि बोकेर , चटपटे बेचेर जीवनयापन गर्ने मान्छे हरुको समेत उपस्तिथी थियो। आजको समारोहमा के बिषयमा भाषण गर्नु पर्ने हो थाहा थिएन। कार्यक्रम उदघोसक ले कार्यक्रमको सुरुवात गरे। नाचगान बाट कार्यक्रम सुरु भयो। देशको रास्ट्रीय कलाकार हरुले अभिनय गरे अनि गायक हरुले गाए अनि डान्सर हरुले आफ्नो बेजोड नाच देखाए। अब भने उध्घोसक ले मेरो नाम स्टेज मा बोलाइसकेको थियो। के बिसयमा भासन गर्नु पर्ने हो केहि थाहा थिएन। पुस्प कमल प्रचण्ड , सुशील दा , के पी शर्मा ओली सबै मेरै अनुहार तिर एकटकले हेरिरहेका थिए। म स्टेज मा पुगे। तालीको गड्गडाहट भयो। सबैजनाले तालि बजाइरहेका थिए तर एउटा कुनामा लुंगी लगाइरहेका महिलाहरु भने तालि नबजाइकन बसिरहेका थिए। उनीहरु किन येसरी बसे भनेर म अड्कल लागिरहेको थिए। म हत्तपत्त आफ्नो भासन शुरु गरे। "आदर...
Official Website of Dipesh Rai