फिलिम को कथा जस्तो मेरो लभ स्टोरी
हिरो सम्झेथे आफुलाई तर भिलेन पनि हैन दर्शक रहेछु
आफैलाई जोकर बनायको पत्तै पायिन
आफैलाई आफैले जोक बनायर आफै तालि पिट्दो रहेछु





उ आइ भन्दै तिमि नै सबथोक भनेर
तर उ गइ मेरो मुटुमा  लात मारेर
उ आइ तिमि नै मेरो सर्बस्व भंनेर
तर उ गइ मेरो सर्बस्व लुटेर
मेरो खुसि मेरो चैन  मेरो निन्द्रा सबैथोक लियर
मेरो आसा मेरो भरोसा सबलाई टुटायर
उ गइ मेरो सर्बस्व लुटेर

उ भंन्दथी सम्पति भनेको हातको मैलो
सम्पति भनेको  दोस्रो अनि माया पहिलो
 तिमीलाई सम्झन्छु हरपल हरक्षण हर साझ
सम्पतिलाई पबित्र माया प्रेमसँग नदाज

उ आफै भन्दथी लियर जानु के छ र   ?
उ आफै भन्दथी मरेर लानु के छ र ?

तर आज उसैले देखायर गइ सम्पति भनेको के हो
म दर्शक बनेर हेरिरहेछु ट्वा परेर
न त् मर्न सक्छु न त केहि गर्ननै सक्छु
सोचिरहेछु आफ्नै जिन्दगिलाइ अवाक बनेर


दुइ मुठी सास को झुटो कुरा सुनाउथि उ
मा पनि कस्तो अन्धो उसको कुरालाई पत्याउथे
जुनी जुनीको मायाको कथा सुनाउथि उ
म पनि बास्तबिक सम्झेर पत्याउथे
संगै जिउने कसम अनि संगै मर्ने कसम खादा उ
म मख्ख परेर सुन्दथे
उसकै भर मा परेर जुनि जुनी जिउने उसको झुटो
कुरा लाइ कल्पिन्दै पत्याउथे

तर आज थाहा पाय पत्याउनु को पनि सिमा हुदोरहेछ
सुन्नु को पनि सिमा हुदोरहेछ
जब थाहा पाइदोरहेछ तब धेरै ढिलो भैसकेको हुदोरहेछ
जब ढिलो हुन्छ सबै कुरा आफ्नो हात बाट गुमिसकेको हुदोरहेछ
आफन्तहरु छुटिसकेका हुदा रहेछन
आफ्नो प्यारो चिज हरु टुटिसकेको हुदारहेछन
टिकट भयर नि छुटिसकेको बस जस्तो हुदोरहेछ
अब पछुतायर के नै फाइदा छैन
अब रोयर करायर नि केहि हुने छैन
छाती पिटेर चिचयापनी  सुनिदिने कोहि हुनेछैन

तेसैले अब म नया जिन्दगि जिउने कोसिस गर्नेछु
अब म नया सपनाका रेखिहरु कोर्नेछु
नया बाटो हरु खोज्नेछु आफ्नो गन्तब्य तिर अगाडी बढ्नेछु
 आफैले आफैलाई साहारा दियर सम्हाल्नेछु
र फेरी भन्दछु
फिलिम को कथा जस्तो मेरो लभ स्टोरी
हिरो सम्झेथे आफुलाई तर भिलेन पनि हैन दर्शक रहेछु
आफैलाई जोकर बनायको पत्तै पायिन
आफैलाई आफैले जोक बनायर आफै तालि पिट्दो रहेछु
-दृश्य दिप्शाली 

Post a Comment

Previous Post Next Post
{getFeatured} $label={recent}