दोष त् आखिर भाग्यलाई नै त् दिनु पर्यो नि
मिति : २०६८-०४-२९
साभार : मेरो डायरी को पाना बाट
- दृश्य दिप्शाली
तिमि पनि अभागी म पनि अभागी
न तिमीले चाहेजस्तो म हुन् सके
न मैले चाहेजस्तो तिमि हुन सकेउ
न त् मेरो गल्ति थियो न त् तिम्रो नै गल्ति थियो
दोष त् आखिर भाग्य लाइ नै त दिनुपर्यो नि
हामीबीच के फरक थियो र ?
तिमि पनि मान्छे म पनि मान्छे
तर आज तिमि मलाइ मान्छे देख्दिनौ
म पनि तिमीलाई मान्छे देख्दिन
दोष त आखिर भाग्यलाई नै त् दिनु पर्यो नि
मलाइ दुख्दा तिमि रुने गर्थेउ
तिमि लाइ दुख्दा म रुने गर्थे
तर आज समय परिबर्तन भैसकेछ
मलाइ दुख्दा तिमि मुस्कान छर्छौ
तिमि रुदा म जित सम्झेर हास्छु
दोष त् आखिर भाग्यलाई नै त दिनु पर्यो नि
मेरो जिबनमा तिमि सबथोक थियेउ
तिम्रो लागि म सबथोक थिए
तर आज समयको गतिसंगै हामि दुवै परिबर्तन भएछौ साएद
आज मेरो लागि तिमि केहि हैन
तिम्रो खुशी म हैन
दोष त् आखिर भाग्य लाइ नै त् दिनु पर्यो नि
0 Comments:
Post a Comment